खबर पाए -

मेटिएको थिएन 
मेरो मन्-को घाउ 
खबर पाए - 
 खोपी भ्याएछ 
अर्को प्रेमीले आफ्नो हात्-मा 
उस्को नाउ !! 

 बिछोडको दुख-मा 
पिएको
 सस्तो रक्सिको गन्ध 
अझै मुख मै थियो !!

खबर पाए - 
खुशी मनाउन 
उस्को प्रेमिले 
मेरै भट्टिमा टन्न पियो !

कस्तो !!!

कस्तो तरङ्ग हो यो ?
फैलिदै छ -
म भित्र !!!

कस्तो रङ्ग हो यो ?
मिस्सिदै छु-
बन्दै बेग्लै चित्र !!!

ताराहरु


 खुल्ला आकाश मुनि
ताराहरु जोडि
तिमीसँग सपना
देख्- मन लाग्-यो !!!

एक पछी आर्को गर्दै सबै
मिठा यादका चित्रहरु
कोर्- मन लाग्-यो !!!

एकान्तमा तिमीलाई सम्झि
मुसुक्क हास्ने गर्छु -
तिम्रा ति चुट्किला
सारै रमाइला, आज फेरी
सुन्- मन लाग्-यो !!!

मलाई सम्झिने गर्छौ होला
- कहिले काही ?
मेरो याद ले तिम्रो निद्रा
- हराउछ कि नाइ ?

एक्लो यो सुन्सान रात्-मा
आफै सँग प्रस्-
गर्- मन लाग्-यो !!!