सपना न देखेकै जाती छ

सपना न देखेकै जाती छ, सपना देख्ने यी आँखाको आज आँशु मात्रै साथी छ ।
कर्मको खेल यो, भाग्यको कुरा सबै भ्रम हो । आश गरे निराश हुनु पर्ने, यही नै रिति हो भने, आशाको पोको फ्याँकीदिन्छु भो ।
मन को कुरा मनमै दबाउन पर्ने, बुझ्नलाई आफ्नै रगत पराइ छ, समयसंगै दुख बिलाउँछ रे, तर दिनदिनैको तमाशा ले, यो मन को घाऊ अझै किन चराउँछ ? ?
प्रश्न आफैलाई गरी - उत्तर बिहिन , मेरो यो यात्रा कहाँ टुँगिन्छ ? ? मन को गाँठो , अनि समयको चुनौति, सबै कुरा हराएर, मेरो यो जीवन मा सुनौलो बिहानी , कहिले झुल्किन्छ ? ? ?