खबर पाए -

मेटिएको थिएन 
मेरो मन्-को घाउ 
खबर पाए - 
 खोपी भ्याएछ 
अर्को प्रेमीले आफ्नो हात्-मा 
उस्को नाउ !! 

 बिछोडको दुख-मा 
पिएको
 सस्तो रक्सिको गन्ध 
अझै मुख मै थियो !!

खबर पाए - 
खुशी मनाउन 
उस्को प्रेमिले 
मेरै भट्टिमा टन्न पियो !

कस्तो !!!

कस्तो तरङ्ग हो यो ?
फैलिदै छ -
म भित्र !!!

कस्तो रङ्ग हो यो ?
मिस्सिदै छु-
बन्दै बेग्लै चित्र !!!